लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

लिवाङ, रोल्पा

रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो यो लुम्बिनी प्रदेशमा पर्दछ। जिल्ला को पूर्वमा बाग्लुङ र प्युठान जिल्ला, पश्चिममा सल्यान, उत्तरमा पूर्वी रुकुम र दक्षिणमा दाङ जिल्ला पर्दछ। यस जिल्लाको सदरमुकाम लिवाङ रहेको छ। जिल्ला को जम्मा क्षेत्रफल १८७९ वर्ग किमी छ भने १ प्रतिनीधि सभा, २ प्रदेश सभा क्षेत्र, १ नगरपालिका र ९ गाउँपालिका रहेको छ। २०७८ को जनगणना अनुसार यहाँको जनसंख्या २३६२२६ रहेको छ जसमा महिला १०६२६० र पुरुष ११०६६६ जना रहेका छन।